Skip to content


तिमीलाई अचेल कहॉ भेटुँ
पहरामा भेटुँ या छहरामा भेटुँ
कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ

नभेटुँ कतै यो मनमा हलचल
नदेखुँ कतै निदँमा खलबल
दुबैको तिर्खा कहाँनिर मेटुँ
अघाउञ्जेल हेर्न दोबाटोमा भेटुँ

अधरमा फुल्ने गीत हौ तिमी
नजरमा भुल्ने प्रित हौ तिमी
तिमीलाई मिठो धूनमा सुनुँ
तिमिलाई उज्यालो हिउँमा देखुँ

शब्द – गगन बिरही
स्वर – प्रेमध्वज प्रधान
संगीत – राम थापा
एल्बम – घाइते जवानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *