तिम्रो दिलमा बास बसी रातै बिताउँथें
सधैं भरी तिम्रो कुरा सुन्दै निदाउँथें
मेरी मायाँ तिमी मात्र किन सर्माएकी ?
नभनेर मनका कुरा किन लुकाएकी ?
आज तिम्रो आँगनीमा फूल रोपीदिउँला
तिम्रो दिलको मझेरीमा मायाँ पिर्ती लाउँला
अझैँ पनि मलाई देख्ता मुख छोप्ने गर्छ्यौ
मेरो दिलको घाउ सधैं किन कोट्याउँछ्यौ ?
भोलि देखी सधैं सधैं मलाई भेट्ने गर्नु
साँझ पख सितल ताप्न चौतारीमा आउनु
मैले जस्तै तिम्ले पनि मलाई मायाँ गर्नु
एकोहारो मायाँ अझैँ मैले कति गर्नु ?
सोचिराखे मन भित्र भोली के के हुन्छ,
तिम्रो मेरो एक दिन् त पक्कै बिहे हुन्छ ।
