Skip to content

तिम्रो दिलमा बास बसी


तिम्रो दिलमा बास बसी रातै बिताउँथें
सधैं भरी तिम्रो कुरा सुन्दै निदाउँथें

मेरी मायाँ तिमी मात्र किन सर्माएकी ?
नभनेर मनका कुरा किन लुकाएकी ?

आज तिम्रो आँगनीमा फूल रोपीदिउँला
तिम्रो दिलको मझेरीमा मायाँ पिर्ती लाउँला

अझैँ पनि मलाई देख्ता मुख छोप्ने गर्छ्यौ
मेरो दिलको घाउ सधैं किन कोट्याउँछ्यौ ?

भोलि देखी सधैं सधैं मलाई भेट्ने गर्नु
साँझ पख सितल ताप्न चौतारीमा आउनु

मैले जस्तै तिम्ले पनि मलाई मायाँ गर्नु
एकोहारो मायाँ अझैँ मैले कति गर्नु ?

सोचिराखे मन भित्र भोली के के हुन्छ,
तिम्रो मेरो एक दिन् त पक्कै बिहे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *