रहरैले यो जीवन बाँचेको छु अहिलेसम्म
लालुपाते फूल झैं हाँसेकै छु अहिलेसम्म
बिछोडसँगै भुलिगयौ के भो र प्रिय मायालु
म सम्झिरहन्छु तिमीलाइ ढुकढुकी यो रहेसम्म
बिछोडसँगै सती जाने काँतर मेरो चाह हैन
नियतिले पछारिएँ तिमीसँग गुनासो छैन
बात लाग्ला भेट हुँदा थोरै नजर छलिदिएँ
तर चोखो प्रेम मैले गरी रहें अहिलेसम्म
भेटेऊ भेने देउरालीमा एक्लो बर कतै
रोपीदिनु छेउमै पिपल नभन्नु है कठै
कत्ति आत्मा तड्पिएर थकाइ मार्न त्यहाँ पुग्दा
बर्षौं-बर्ष शितल दिन्छ प्रेममा बिश्वास रहेसम्म
येले तङ्बे ५०७३, ( 06.FeB.2013 07:00hr)
सुर्जित जबेगु लिम्बु “पोखरी माईला”
Limbuwan, Nepal.
हाल : मरुभुिमको देश

