
(१)
नदी उर्लन्छ
र हतारमा मिल्छ
शान्त सिन्धुमा
(२)
गुर्सेनी चुल्ठी
फुरुरु हिउँ वर्षा
चिमली माया
(३)
वनको बाटो
आफ्नै चिहान खन्दै
कहाँ पुग्छ ऊ !
(४)
कागति दाना
रस निचोर्दै फाल्दै
अमिलो सत्य
(५)
फेवाको निम्तो
माछापुच्छ्रे मुसुक्क
चुर्लुम्म प्रेम
कृष्णश्री राई
खोटेहाङ- ६, इन्द्रेणीपोखरी, खोटाङ
