Skip to content

एउटा मान्छे मन पर्छ भुल्न सक्तिन

  • by


एउटा मान्छे मन पर्छ भुल्न सक्तिन
आफ्नो स्वरुप उसको सामु खुल्न सक्तिन
कुन साइतमा आँखा जुध्यो भुल्नै नसक्ने
कस्तो आपत पर्यो मलाई खुल्नै नसक्ने

संगिनीले जिस्क्याएर बस्नै गारो भो
सिमलको भुवा पनि मलाई सारो भो
हुँदै होइन भनिकन अँझै ढाँटु कि
मनको कुरा खोलुँ कि अँझै आँटु कि

शंका गरी घरमा पनि हेर्छन् मलाई
वरपर सबको आँखा केर्छन् मलाई
भन्ने कुरा भनिहालुँ आजै भेटुँ कि
नजरको प्यास मेरो हेरी मेटुँ कि

ऐना हेर्दा लाज लाग्छ एक्लै मलाई
चोरी लाग्ला भन्ने डर बेग्लै मलाई
एउटा तस्वीर खिच्नु थियो साँझ कोरुँ कि
आज राति सपनीमा उसलाई चोरुँ कि

शब्द – यादव खरेल
स्वर – आसा भोसले
संगीत – सम्भुजित बासकोटा
चलचित्र – चेलिबटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *