तृष्णाले व्याकुल
टन्टलापुर घाममा
चिच्याइरहने
ए–काकाकुल
आकासमा धेरै बादल छन्
ती सबै बादल उदार अनि
पानी वर्षाउने होइनन्
केहीले पानी पारेर
तिम्रो आँत भिजाउँछन्
केहीले भने व्यर्थै गर्जिएर
चट्याङ नै पार्दछन्
विना सित्ती गर्भिणीको
गर्भ तुइयाउँछन्
त्यसैले जुनसुकै बादल
देख्ने वित्तिकै
पुकार गर्ने काम बन्द गर
सबै बादल एकै नास हुँदैनन्
पहिचान गर ?
ए–काकाकुल
तृष्णाले व्याकुल बनी
घाँटी सुकाएर
त्यसै नमर
मल्म,
गलकोट, बागलुङ

मार्मिक!
मार्मिक!