Skip to content

हे युवा तिमी ज्योती भई कहिले बल्नेछौ ?

हे युवा तिमी ज्योती भई कहिले बल्नेछौ ?
ज्ञानको ज्योती शिपको मोत्ती कहिले छर्नेछौ ?
ब्ुद्धको देश जनकको भुमि कहिले चिन्ने छौ ?
शिखर जस्तो अटल विचार कहिले जन्माउने छौ ?

रकसिको मातमा झुमेर मात्र देशले चिन्दैन
युवाको जात उमेरले मात्र पुगेर हुदैन
नजागे युवा देशले पनि काचुली फेर्दैन
कुसंस्कारको सिमा कुसंगत वाटो पुरेर पुरिदैन

कागजमा डिग्री लिएर तिमीले देशको सेवा हुदैन
ह्दयमा खोज नेपाली पन धनमा हुदैन
तिम्रो ह्दयमा देश रहे हुनेछ सम्पन्न
युवाले विर्से देशको माटो वढनेछ विपन्न

वलेको दिप हेरेर मात्र तिमी त नवसनु
पुरानो संस्कार ओढेर तिमीले चुपचाप नहुनु
युवाको जात तिमी हौ भने समाज बदल्नु
कुलत संस्कार तोडेर तिमीले नया झै बनाउनु

Leave a Reply

Your email address will not be published. Required fields are marked *