Skip to content

अलि–अलि टाउको दुखेको छ


अलि–अलि टाउको दुखेको छ
अलि–अलि भाको छु बिरामी
अलि–अलि (मुन्टो) गर्दन दुखेझैँ भा छ
सायद नमिलेर होला सिरानी ।।

अलि–अलि नाडी पनि बढेको छ
अलि–अलि कोखामा हान्दैछ सोला
अलि–अलि कसैको याद पनि आइराछ
सायद ढुकढुकी बढेको त्यसैले होला ।।

अलि–अलि हात–खुट्टा गलेका छन्
अलि–अलि दुख्दै छ सारा जिउ
अलि–अलि वातावरण परीवर्तन भा छ
सायद मौषमले पनि खोज्दैछ निउ ।।

पुस्कल पौडेल (–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *