Skip to content

गजल (हनुमान हुँ तिम्रो)


हनुमान हुँ तिम्रो लंका जलाएरै छोड्छु
स-सम्मान सीतालाई फर्काएरै छोड्छु

तिम्रो भाले नबासे नि उज्यालो त हुन्छ
जति छेक हत्केलाले म उदाएरै छोड्छु

गौतम बुध्द नेपालमै जन्मिएका थिए
दुनियाँ माझ यो संन्देश पुर्याएरै छोड्छु

देश लुछ्न तयार छन भोट हाल्छु फेरि
भोका ब्वाँसा र जुकालाई अघाएरै छोड्छु

जातित्वको आगो बल्दा लोलाएका फूल
फूलाउन एउटा कुवा खनाएरै छोड्छु

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

1 thought on “गजल (हनुमान हुँ तिम्रो)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *