Skip to content

घरि घरि तिमीले मलाई बिर्सिएको


घरि घरि तिमीले मलाई बिर्सिएको जस्तो लाग्छ
फेरि कतै मुटुभित्र सजाएझै जस्तो लाग्छ

रिसाएर तार्कि हिड्छ्यौ थोरै माया छैन जस्तो
रिसमा पनि अझै माया मार्या छैन जस्तो लाग्छ
फेरि कतै मुटुभित्र सजाएझै जस्तो लाग्छ

मेरा कुरा गर्छ्यौ अरे तिम्रा साथी संगीसँग
मेरो छेउ पर्दा फेरि नबोले झैँ जस्तो लाग्छ
फेरि कतै मुटुभित्र सजाएझै जस्तो लाग्छ

ठुस्किएर टाढा हुन्छ्यौ आज काल किन तिमी
त्यसो गर्दा तिमीले मलाई माया मारे जस्तो लाग्छ
फेरि कतै मुटुभित्र सजाएझै जस्तो लाग्छ

निरोगी
२०६९ मङ्सिर ३० गते

2 thoughts on “घरि घरि तिमीले मलाई बिर्सिएको”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *