Skip to content


घरखेत बगायो रे बर्षाले
र खतम बनायो रे बर्षाले

अस्तिसम्म त खडेरी छ भन्थे
हिजोबाट सतायो रे बर्षाले

आज बिहानै समचार थियो
घरखेत भत्कायो रे बर्षाले

गाउँ उठिबास बढो चिन्ता छ
किसान त रमायो रे बर्षाले

तराई डुबायो पहाड फुटायो
आतङक मोच्चायो रे बर्षाले

नरेश बि.क.अनुरागी
बिनायक-दुई, अछाम

नेपाल न्युज दैनिकी, मुम्बई

Leave a Reply

Your email address will not be published. Required fields are marked *