Skip to content

न्याय निसाफ भग-वानले


न्याय निसाफ भग-वानले, गर्छ गर्छ एक दिन
मलाई जस्तो तिम्लाई पनि, पर्छ पर्छ एक दिन

मलाई यता रुवा-एर, उता हाँसिराखे पनि
मेरा जस्तै तिम्रा आशु, झर्छ झर्छ एक दिन

मेरो व्यथालाई हासो ठानी, यसै गरी उड़ाई राख
यही व्यथा तिम्लाई पनि, सर्छ सर्छ एक दिन

दुई दिनको जिन्द-गीमा, किन यस्तो घात गर्यौ
भुल्यौ ? जन्मेपछि मान्छे, मर्छ मर्छ एक दिन

सधै एकै -नास हुन्छ, सोच्नु तिम्रो भुल भयो
जस्तो सुकै दु:ख पनि, टर्छ टर्छ एक दिन

©Ek Dev Pandey

http://edevpandey.blogspot.com/2013/07/blog-post_6.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *