Skip to content

गरिब भई जन्मनु अभिशाप होईन

गरिब भई जन्मनु अभिशाप होईन
क्षणिक सुख पाउनु फलिफाप होईन

मगज तिम्रो ठिक छैन इलाज गराउ
हवन ,पुजा आहुती रुद्री जाप होईन

युरोप जाने जतिचैं सबै बुद्दिजिबी र
अरब जाने प्रबसी औंठाछाप होईन

थोरै सुख पाए पनि खुशी हुन्छु म त
अमिर जस्तो सम्पती खापैखाप होईन

आगमन, भए झैं लाग्छ झझल्को
बहिर गई हेर्द्छु पदचाप होईन

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *