Skip to content

नौटंकीको मन्चन


छाता हौ; झरिको सिरक् नबनिद्यौ गर्मी हुने यामको
मता हौ; शिशुको पिडक् नबनिद्यौ, बेकार दुर्नामको
चैतारी बनिए शितल् पवनले शिर्शिर् गरि हम्किने
बन्द्यौ आज तिमी समग्र जनको राम्रै सहारा दिने

आगो झैं जब पोल्दथ्यो भतभती प्रचण्ड गर्मी दिदै
बस्ताछन् जन सब् बिचित्र रुपले सितल् छहारी बिनै
आमा हुन् सबकी,र नित्य यसरी राम्रै सहारा दिने
नेता छन् अहिले विलास गरने, दुर्भाव फैलाउने

रोपी बृक्ष यहाँ को गर्छ मिहिनेत्, तिन्लाई हुर्काउन ?
ऐले त्यो घरमा थुपारी रुपयाँ, आराम् गरेको किन ?
छैनन् ध्वस्तभए अपुर्व रचना, के ले सखापै भयो ?
राष्ट्रै भन्छ यहाँ म घायल भएँ, आखेट झैं मुक यो

हाम्रो देह सुको हिमाल तिरको देऊ चिसो चुम्बन
गर्दै छौ किन हो, बिचार नगरी नौटंकिको मञ्चन ?
बन्का बाघहरु सिधै शहरको, दर्बार भित्रै पसे
सत्ताको रसमा डुबेर सब त्यै, मात्ती त्यहीं नै बसे

जे जे भेट्छ सबै निमोठि सबले गोठै सफा गर्दिए
बाच्छाको अधिकार दूधचुसने सप्पै आफैंले लिए
भेडाको बिचरा ! बथान छरियो, भो चिल्लबिल्लै कति
बाख्रा छन् अझ त्रासमा किन अहो ! गर्लान् र के उन्नती ?

भैंसी जूध्न सधैं तयार्छ यसरी मर्नै परे मर्दिने
सारा जन्तु जुटेर युद्धगरने, हिम्मत् यहाँ को लिने ?
साँच्चै गर्न परे सबै समुहका प्राणी बटुलौं बरु ;
एकै साथ मिली जुटेर अहिले विप्लब् सबैले गरुँ

कत्ती दुख्ख नदे सधैं निमुखाको खुन्मा डुबुल्की नमार
झुक्याएर सधैं बिभत्सरुपले हत्या कसैको नगर !
बन्दै आफु ठुलो बिचार नगरी जैले मपाईं भयो
आफैं माल दियो, र हुन्न दिन यो; भन्दै सधैं कुर्लियो

बन्मा बस्न अझै रहर् छ कि भनि, बुझ्ने कसैले गरे
मान्दैनन् अब बस्न ठिक्क तिनले, पक्का बिलासी भए
गारो हुन्छ निकै र ठिक्क घरको, जस्तो कहाँ हुन्छ र ?
हाक्का हाक्की गरे सधैं मनपरी, बन्मा कहाँ मिल्छ र ?

छन्द :– सार्दुलबिक्रिडीत
गण :– म स ज स त त गु

1 thought on “नौटंकीको मन्चन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *