कथेको गीत सपना बिच कसरी भनु म
लुकेको बेथा छातीको भित्र कसरी चिनु म
आँसुको थोपा थापेर राखेँ पातको खोचीमा
पारेर पोको जतनसित कोटको गोजीमा
खसेछ यहाँ धर्तीको बिच धर्ती छ उर्बर
आँसुको चिनो उम्रेछ क्यार माटोमा बिचरा
फलेको बृक्ष देखेर साथि झटारो नहान
आँसुको धारा खसेर फेरी बन्नेछ मुहान
भक्कानु छुट्छ सम्झेर ल्याउँदा फल्दछ बेदना
कहाँछ त्यस्तो ? फलेको बृक्ष बताउ ठेगाना
कथेको गीत सपना बिच कसरी भनु म
लुकेको बेथा छातीको भित्र कसरी चिनु म
कसरी चिनु म
