ताक्न थाल्लान् निशाना


छायाँ दिन्छन् बर पिपलले, चैतको घाम तात्दा
मfया दिन्छन् जब पवनले, सितलो साँझ पर्दा
गाई भैंसी चरन वनको, आशले दूध दिन्छन्
नेता बुझ्यौ ? अब त सबका, हात धारे हुदैछन् १

गर्दै ठूलो खलबल सधैं, गाउँमा फर्किने छौ
आँधी बेरी सरह कसरी, पल्कदै लर्किने छौ
पाटी पौवा पथ विच भए,आश्रयै दिन्थे पैले
नेता काँ छौ ? भनन अबता, के भयो देश ऐले ? २

साथी तिम्रा अरु पनि आझै, बिग्रेका छैनन् ऐले
आमाको जो विनय ममता, पुत्रकै निम्ति पैले
आमा बच्चा नरहे सँगमा,बन्न सक्ला अनन्त ?
जन्ता भित्रै पृयतम बने बन्न सक्छौ जिवन्त ३

चौतारीका वर पिपल झैं, काल धेरै तपौला
लिन्छन् छायाँ पथिक जनले, हर्ष मान्दै बसौला
बर्षा बादल् झर झर झरी, भाद्रको दिन्छि भाका
माया पिर्ती युबक युबती, जस्तो गर्छेो तमासा ४

आजै तिम्ले मुलुक कसरी, हाँक्न सक्छौ मिलाई ?
सोझो अफ्नै दुनु नबनिए, हुन्छ कैले भलाई ?
बन्छौ कैले सितल दिनको, सूर्यको ताप मिल्ने ?
दिन्छौ कैले गरम समए छाहारी घाम छल्ने ? ५

छानो बन्द्यौ, घर भवनमा, लाउँने झ्याल ढोका
गारो बन्छौ, दलिन घरको, खम्बा कि थाम यौटा ?
साँच्चै ऐले गरिब जनको जाडाको बख्खु बन्छौ ?
स्यौला काट्ने वरपर घुमी घाँसीको आँसी बन्छौ ? ६

स्वाँ स्वाँ गर्ने गरिब भरिया मात्रको तोक्मा बन्द्यौ !
यात्रा बोक्ने जटिल पथको बृद्धको लौरो बन्द्यौ !
तिम्रो यात्रा शहर तिरको, मात्र देख्छन् किसान
साँच्चै नेता अब त सबले ताक्न थाल्छन् निशाना ७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *