Skip to content

पहिचान फेरिएपछि


पहिचान फेरिएपछि परिबेश फेरिए पछि
अस्तित्व नै मेटिने छ अवसेष फेरिए पछि

मेचीकाली लुटिदै छ सुस्त सुस्त सुस्ता सरी
को नेपालीरहन्छ र? मेरो देश फेरिए पछि

आज हिन्दू जो छ उही गाई काटी खान्छ भोलि
हृदयमा ब्रम्हा विष्णु र महेश फेरिए पछि

शिवजीले भक्तलाई एउटा प्रश्न सोध्नुभयो
भन भक्त सुरुमा को पुज्छौ गणेश फेरिए पछि

मृत्‍युसैया टेकेको छ भेट्ने भए जाऊ तिमी
मर्छ गाउँले रहदैन ऊ निमेष फेरिए पछि

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *