हातमा हात राख्यौ,बिना चासो किन !
निठुरी बनि तिम्ले ,थाप्यो पासो किन !!
भन्थ्यौ माया गरेछु,जुनी भरि भरिको
बन्यौ तिमी पराइको ,प्यारो नासो किन !!
दिन्न भन्थ्यौ दर्दहरू,जीवन को यात्रामा
रुवाई मलाई तिम्ले ,लायौ टासो किन !!
पाएछौ र गुलाबको, कुल्ची गयौ प्यौली
श्यूरी दिलमा राख्नु,लाग्थ्यो खाचो किन !!
रैछ र पो अर्कै तिम्रो,बाह साट्ने मान्छे
झुटो रैछ माया तिम्रो ,भन्यौ साचो किन !!
बिरही लामा
सिम्पानी ९ लम्जुङ्ग
हाल साउदी खाडी
