मेरो यादमा आँसु नझार, मेरो नाउँमा बत्ती नबाल
भरिदेऊ भोको पेट बरु, मेरो शोकमा सित्ता नफाल
धर्तीको सिउँदो मेटी, मेरो लासमा फूल नचढाऊ
दुनियाँलाई दु:ख दिदै मेरो भागमा पाप नचढाऊ
ढाकिदेऊ नाङ्गो आङ कात्रो भनी कपडा नफाल
मेरो यादमा आँसु नझार, मेरो नाउँमा बत्ती नबाल
पोखिएको दूधमाथि नरोऊ है कहिल्यै पनि
पतझड मरी बसन्तको बहार आउँछ जहिल्यै नि
बनिदऊ छत दुखीको, विरहमा छाती नगाल
मेरो यादमा आँसु नझार, मेरो नाउँमा बत्ती नबाल