तिमी विना मैले आँसु भित्र पौडन थालेको छु
तिमीले छाडेर जादा घरि घरि हासन थालेको छु
एकलो भई चर्किदा ह्दयका घाउ पागल झै हासन थालेको छु
तिमीले छाडे पछि एकलो महसुस गर्न थालेको छु
सगै वात मार्ने हाम्रो त्यो समय धेरै टाढा भईगयो
आफनै ह्दयमा सजाउने रुप पनि पराई वनि गयो
त्यहि दिनहरु सम्झी आखाबाट आँसु बगाउन थालेको छु
त्यही आसु भित्र एकलै पौडी खेल्न थालेको छु
यादको छाल आउछ जव मलाई बगई किनारा लगाउछ
एकाएक आखाहरु तिनै यादको पछी आखा रसाउछ
आखा रसाई खसेको आँसुमा डुवन थालेको छु
त्यही आँसु भित्र एकलै पौडी खेल्न थालेको छु
स्मरणको छापहरु नमेटिने गरि ह्दयमा बसेकोछ
उनी विना तडपिएको यो मन आखाबाट आशु भई खसेको छ
त्यही आँसु भित्र मेरो हराएको सपनाहरु खोजन थालेको छु
त्यही आँसु भित्र एकलै पौडी खेल्न थालेको छु
