कञ्चनजङ्घाको मनोरम छाँया, आफ्नो प्रियसीको माया
उकालीको बरको छाँया, संझना मात्रको बैंशको माया
मौरी बारुलोहरूलाई आ–आफ्नो राना,
असाध्यै मन पर्छ, साह्रै माया लाग्छ –२
नेताहरूलाई नाम र दाम, बच्चाहरूलाई माम
मालिकहरूलाई काम, नोकरहरूलाई दाम र इनाम
श्रीमतीहरूलाई कसौटी र कुमकुम, श्रीमानहरूलाई रम
तरुनीहरूलाई टाइट पाइन्ट, तन्नेरीहरूलाई नयाँ सेन्ट,
असाध्यै मन पर्छ, साह्रै माया लाग्छ –२
बच्चाहरूलाई खेल, अपराधीहरूलाई जेल
खोलालाई भेल, राजनीतिलाई जालझेल
कर्मचारीलाई तेल, पुरोहितलाई सेल
असाध्यै मन पर्छ, साह्रै मन पर्छ –२
जोडी ढुकुरको माया र प्रीति, नयाँ श्रीमतीको फूर्ति
पहाडको फेदीको सानो रमणिय वस्ती
सेती नानीको मुहारको सानो टुपुक्क परेको कालो कोठी
रातो गाला बारुले कम्मर भएकी चिटिक्क परेकी
मृदुभाषी पहाड्की छोरीको असाध्यै माया लाग्छ, साह्रै मन पर्छ –२
मोतीप्रसाद भट्टराई
शैक्षिक तालिम केन्द्र, इनरुवा, सुनसरी
इमेलः bhattaraimp2@gmail.com

maile photo upload garne
maile photo upload garne option vhetina ,pls help me.