Skip to content

आफन्तबाट लुटिएको यो देह


कति पीडा हृदयमा नै लुकाइरहे
कति पीडा देखाएरै सवको सामु हासिरहे
कर्मको हरेक मोडमा
पराई त पराई भनौ
आफन्तको पनि पीडा पाइरहे

हर रात सव विश्राम गरिरहेको हुन्छ
तर मेरो नियतिले मेरो आफन्तवाट
देह लुटाउने संयोजन गरिरहेको हुन्छ
मेरा ईच्छा विरुद्ध यो देह लुटिरहन्छ
मेरा देहका स्पर्शसँगै चिथोरिहन्छ
मेरा त्रसित हृदय केवल रोईरन्छ
तर उनले यौवनको वासनामा आएर
मेरो देहलाई अचानो झै बनाइरहन्छ
अनि देहलाई सक्दो बल प्रयोग गरी थिचोरिरहन्छ
आफनो अनुकल मेरो देहलाई लुटिरहन्छ

आफन्तको नामले पाएको अधिकार जमाउदै
मेरो हृदयको घाउलाई बढाइरहन्छ
केही वेर पछि मेरा सवथोक लुटिन्छ
अनि मलाई एकलो धकेलिदै ऊ स्तवद बन्छ
म नदेख्ने गरी आँखाको आसु आँखामै लुकाउछु
तर ऊ निसंकोच निदाउछ
पीडाले मेरा निन्द्रहरू खोसेर लगिदिन्छ
मेरा अशक्त देह अनि अनईच्छावाट गरिएको क्रिडाले
आफन्तबाट यो देह नै लुटिएको पाउछु

केही समय पछि म निदाउन आँखाँको शहारा लिन पुग्छु
उनको देह भित्र पुन कामवासना जागृत हुनपुग्छ
उसले पुनः मेरो देहको आवश्यक्ता महसुस गर्छ
अनिद्रामा परिरहेको देहलाई चिर्थोन खोज्छ
फेरि उसले मेरा देहलाई जर्वरजस्त लुटन खोज्छ
म निरिह भई अनिच्छा भाव दर्साइरहन्छु
तर उसको त्यो कामुकता हातहरूले
निवस्त्र बनाई यो देहलाई लुटन खोज्छ
अवल मेरा देह समर्पण गर्न विवश बन्छ

कहिले रकसीको मातमा यसरी लुटिरहन्छ
कहिले के के दृश्य देखेको भरमा चिथोरिरहन्छ
मेरा इच्छा विरुद्ध यो देह लुटिरन्छ
पटक पटक यो दृश्य दोहरिरहन्छ
आफन्तकै छाया दिई मलाई लुटिरहन्छ
न त कोही यो विवशता सुन्न सक्छ
न कोही यो विवशतावाट मुक्त गराउन साहस गर्छ
दोष भाग्यलाई दिदै मृत्यु वाटो कुरिरहरेको छु

आट त गर्छु अब केही गनै पर्छ
आफन्तै विरुद्ध मैले विद्रोह गर्नु पर्छ
अब चुपचाप बस्दिन भन्दै चिन्तन गरिरहन्छु
भावको साइनो बुझने विरुद्ध योजना बुनिरहन्छु
तर विडम्बना लुटिएको चिथोरिएको देह लिई काहा जानु
पुरुष प्रधान भएको संरचनामा कसरी शीर उभ्याउनु
दोस फेरि मैले नै खपिनु पर्छ
फेरि समाजको सामु देहसँगै आत्मा लुटिन्छ
वस यही चिन्ताले गलिरहेको छु
आफन्तवाट लुटिएको देह लिई बसिरहेछु
कुनै क्षण मृत्यु आउला कि आश गरिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *