Skip to content

दोबाटोमा ठेसलाग्यो


हिड्दा हिड्दै दोबाटोमा ठेस लाग्यो किन ?
अपराधी हैन थिएँ केसलाग्यो किन ?
तिम्रो मनको मझेरीमा व्यर्थै बस्न खोजें
स्वर्ग जस्तो थियो संसार किन नर्क रोजें ?

आपसमा मुटु गाँसी धड्कनलाई जोड्यौ !
दोबाटोमा पुर्याएर किन एक्लै छोड्यौ ?
कसले भन्यो बैमानी छ ? पैले चिनिन थ्यौ ?
नौनी जस्तो मेरो मुटु व्यर्थै चुडी लग्यौ !

निष्ठुरी हौ भनु भने लाग्या छैन त्यस्तो
बिच बाटा मै छाडी दिने रैछ बानि कस्तो !
चारआँखा दुई हुँदा झिमझिम परेलीमा ,
तिनै आँखा वियोगले डुवे बलेनिमा

भोलि आउछु भन्थ्यौ अरे खै किन हो कुन्नी !
तिम्रो बाटो हेर्दा हेर्दै बित्ने भयो जुनी
आज मेरो बेहाल भो मुटु काट्यो कट्ट
डाक्टर बनी मलम पट्टी गर्न आऊ झट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *