Skip to content

दसकौं पछी जात देखाएर गयौ

दसकौं पछी जात देखाएर गयौ
मलाई धारे हात देखाएर गयौ

भँडार खनेर आगनी पुर्यौ अनि
जोरिसत्रु माझ उत्पात देखाएर गयौ

तिम्रै खुशी खोज्न म टाढिएथेँ
जवनी को त्यो मात देखाएर गयौ

गरीब थिएं तर मन् को असल्
मलाई पैसाको खात देखाएर गयौ

मलाईत जिँउदै मारेर गयौ तर
तिम्रो आफ्नै औकात देखाएर गयौ

छोरो थियो काखको बर्सी नपुग्दै
दुध दिनु हैन भात देखाएर गयौ

तोयनाथ पौडेल
शँखुवसभा ,तामाफोक -८
हाल – मरुभुमी को छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *