फूल देखाई रोप्छिन काँडा सुन्दर देख्ने गुलाफले
खुसी दिने क्षणिक रैछ माया होस् या सराबले
तात्तिएर उडाइदिन्छिन बिहानीको प्रकाशसँगै
फूलले अँझै शीतलाई भन्छे छाड्यो होला रवाफले
नफक्रिदैं त्यो झर्ने रैछ कोपिला नि बतास चल्दा
फलाम जस्तो हैन जीवन आकार लिने दवावले
नछुट्टिने नै सम्बन्ध छ खोला अनि ती किनाराको
तैपनि अँझै कटान गर्छ नदिको त्यो बहाबले
चाप्लुसी पो प्यारो देखें सत्य बोल भन्छ यो “मनु”
नत्र किन चै चोट लाग्थ्यो तिम्ले दिने ती जवाफले
मनोज बोहरा
भक्तिपुर–७, सर्लाही, जनकपुर
हाल – काठमाडौं
