Skip to content

खुसी दिने क्षणिक रैछ माया होस् या सराबले


फूल देखाई रोप्छिन काँडा सुन्दर देख्ने गुलाफले
खुसी दिने क्षणिक रैछ माया होस् या सराबले

तात्तिएर उडाइदिन्छिन बिहानीको प्रकाशसँगै
फूलले अँझै शीतलाई भन्छे छाड्यो होला रवाफले

नफक्रिदैं त्यो झर्ने रैछ कोपिला नि बतास चल्दा
फलाम जस्तो हैन जीवन आकार लिने दवावले

नछुट्टिने नै सम्बन्ध छ खोला अनि ती किनाराको
तैपनि अँझै कटान गर्छ नदिको त्यो बहाबले

चाप्लुसी पो प्यारो देखें सत्य बोल भन्छ यो “मनु”
नत्र किन चै चोट लाग्थ्यो तिम्ले दिने ती जवाफले

मनोज बोहरा
भक्तिपुर–७, सर्लाही, जनकपुर
हाल – काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *