Skip to content

आज किन साथी मलाई रुँ रुँ लाग्छ

  • by


आज किन साथी मलाई रुँ रुँ लाग्छ
आज किन साथी मलाई रुँ रुँ लाग्छ

जीवन हाम्रो बित्ने हो कि बिदेशैमा बसी
मुटु मेरो गाँठो पर्छ घर सम्झी सम्झी
आज किन साथी मलाई रुँ रुँ लाग्छ

शिउपुरीको झरना छेउ घर हाम्रो छाप्रो
रुँदै होलान् बाबु आमा हेर्दै हाम्रो बाटो
आज किन साथी मलाई रुँ रुँ लाग्छ

साहिंली माहिली नाच्दै होलान् बजाँउदै मादल
झलझली सम्झिरहेछु कान्छीको गाजल
आज किन साथी मलाई रुँ रुँ लाग्छ

कान्छी रुन्थिन नजाउ भन्दै बाटो छेकी छेकी
अर्को दशै कुर्दा कुर्दै मरिने पो हो कि
आज किन साथी मलाई रुँ रुँ लाग्छ

शब्द, स्वर, संगीत – पुष्प नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *