Skip to content

भिज्यो सिरानी


भिज्यो सिरानी रातमा उनको यादमा
आहै एक्लो रातमा
दुख्यो बिरानी छातीमा लौन मुटुमा
आहै एक्लो रातमा

धनुषको जोडीजस्तै सँगै जिउने सपना
टाढा टाढा उडी जाने मिठो मिठो कल्पना
एकापट्टि कोल्टे फेर्दा सपना चकनाचुर भयो
अर्कोपट्टि फर्किहेर्दा विपना नै रोइरह्यो

दियोबत्ती जलाएर बाटो कुरिरहें
कहिले उनी आउला भनी दिन गनिरहें
सुस्केरामा रात बित्यो निद आउँदै आएन
आँखा बिझाई पर्खिरहें उनी आउँदै आएन

शब्द – दावा पाख्रिन
स्वर – मानिला सोताङ
संगीत – उदय सोताङ

1 thought on “भिज्यो सिरानी”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *