Skip to content

भोलीको दिन त आफ्नै हो सानु

जिवन कहाँ अघि बढ्छर ? यहाँ !
दुई–चार हण्डर खाइएन भने ,,
अवस्य एक दिन भेट हुन्छ सानु
बाक्सामा प्याक भर आइएन भने ।।

सुखलाई छोडी को चाहिँ यहाँ
दुःखमा जिवन जिउन चाहन्छ ,,
हाँसोलाई छोडी को चाहिँ यहाँ
रोदनमा आँशु पिउन चाहन्छ ।।
यहाँ के अर्थ छर? एक्लै जिउनुको
कसैको साथ यदी पाइएन भने ,,
भोलीको दिन त आफ्नै हो सानु
बाक्सामा प्याक भर आइएन भने ।।

भेटिनु–छुटिनु मिलन बिछोड
यहि नै संसारको रीत रैछ ,,
नसम्झे भव–सागरको भुमरी
जिवन! सम्झे अनौठो गीत रैछ ।।
मिलनको गीत कहाँ फुर्छ फेरी
बियोगमा गीत गाइएन भने ,,
मिलनको दिन पनि आउँछ सानु
बाक्सामा प्याक भर आइएन भने ।।

जिवन कहाँ अघि बढ्छर ? यहाँ !
दुई–चार हण्डर खाइएन भने ,,
अवस्य एक दिन भेट हुन्छ सानु
बाक्सामा प्याक भर आइएन भने ।।
भोलीको दिन त आफ्नै हो सानु
बाक्सामा प्याक भर आइएन भने ।।

पुस्कल पौडेल(–––प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *