साच्चै, त्यो क्षण !
तिम्रो मुटु त्यति तेजले
नधडकिएको भए
त्यो स्पर्श काफी हुने थिएन,
जीवनभर तिम्रो सम्झनाको लागि
मेरो जस्तै तिम्रो
मुहारको रंग परिवर्तन हुनु
साएद संयोग थियो
त्यो संयोग प्रयाप्त थिएन
जीवनभर तिम्रो सम्झनाको लागि
साच्चै, त्यो क्षण !
मेरो मुटु त्यति तेजले
नधडकिएको भए !
हराएका तिम्रा बोलीहरू
कम्पित मेरा हातहरू
सबै फिक्का हुन्थे
साच्चै, त्यो क्षण !
हाम्रो मुटु त्यति तेजले
नधडकिएको भए !
ठुला नयन
मदिरा जस्तै वस्त्र
बेहोशीमा म
धेत !
यादै हुने थिएनन्
साच्चै, त्यो क्षण !
हाम्रो मुटु त्यति तेजले
नधडकिएको भए !
