गर्छौ बन्द कति भयो अति खति अधोगति देशको
बुझी-बुझी पचाउछौ बुझ भने भन्नै पो के बाँकी भो
छन् बिकल्प कति-कति अरु पनि छाडेर बिकल्प ति
बन्दै मात्र रोजेर बन्द गरछौ सुध्रेन तिम्रो मति
भित्ते पात्रो बनाई बर्ष दिनको लगाई घेरो त्यहाँ
कसले कुन दिनमा हो बन्द गरने गरौँ न रुटिनमा
रेडियो टीभी वा खबर कागजमा गरेर बिज्ञापन
गरौँ बन्द मिली क्रमैसंग सबै देखाई आफ्नोपन
यति गर्न सके क्यालेन्डर हेरी यो देश चल्ने थियो
न हुन्थ्यो तोड-फोड बाटा-घाटा महा टायर न बल्ने थियो
बायुमंडल नि सफा हुने थियो रोगब्याध घट्ने थियो
कटौती भई खर्च जन्-जन महाआम्दानी बढ्ने थियो
कैले बसला थिति यो बन्द हडताल भई ब्यबस्थित यहाँ
यात्राको तयमा सुनिश्चित भई यात्री रमाउन् जहाँ
एनायक दलका नेतागणहरु मेरो कुरा सुन्दियेस
शुभचिन्तक पो रहेछ र सुझाव दियो भनि मान्दियेस
