विरताको चिनो वीरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
युगले भुलेको हाम्रो कहानी
जन्म लियौ यो भीर पखेरामा
रोज्नु छ आफैं तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
खोज्नु छ आफैं तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ इतिहासको नौलो विहानी
झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विश्वास मागेर
हिमाल झैं निधार सिंगारी दिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धरतीमा माटोको सिरानी
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसार जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरीसित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
शब्द – तुलसी घिमिरे, कुसम गजमेर
स्वर – नारायण गोपाल
संगीत – रनजीत गजमेर
चलचित्र – लाहुरे

ramro chh mero best geet
ramro chh mero best geet