Skip to content

गजल (जति चोट दिन्छौ देऊ)


जति चोट दिन्छौ देऊ छाती थापी सहुँला म
छोडी जाने भए जाऊ प्रतिक्षा मै रहुँला म ।।१।।

यही बेला पोखी हाल गुनासो छ भने केही
के भरोसा जिन्दगीको भोलि हुँला नहुँला म ।।२।।

छातीभित्रै गाँठो पार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनि भावनामा बहुँला म ।।३।।

के सुन्छौ खै दु:खभरी कहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जति कहुँला म ।।४।।

बेठेगान जिन्दगी छ लक्ष बिहीन “गाउँलेको”
जता लान्छ जिन्दगीले उता उतै जउँला म ।।५।।

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल- साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *