केही मुक्तक
भावना क्षितिज
महेन्द्रनगर, कञ्चनपुर
हुनेका सुना भित्ता छन्
नहुनेका घरवार रित्ता छन्
गजवको छ चलन यहाँ
मानिस मानिसका कित्ता छन् ।
१
यो धर्ती आकाश एक हो सब
‘मानवता हो ठूलो’ भन्छ मानव
साँच्चै छ भने यहाँ मानवता
आखिर किन विभाजित छ यो भव ?
२
के छ र आफ्नो जीन्दगी सारा बाटो भयो
मनको आँखा उघारि हेर खोटो भयो
किन काँडा नै काँडा नुबिझुन यहाँ
जीन्दगीको यो यात्रा अलि छोटो भयो ।
३
