हाँस्ने क्रममा हिजोसम्म दाँतहरू देखाएथेँ
जीवन बाँच्नेहरू मध्ये आफ्नो नाम लेखाएथेँ
तर आज अनायासै मौसम खग्रास बन्न थाल्यो
ब्यर्थै फूल सम्झी मैले काँडाहरू सजाएथेँ
कुहु कुहु कोइलीहरू आज पनि सुसेल्दै थे
यसैलाई गीत सम्झी मैले मन भुलाएथेँ
तर ऋतु फूल्ने क्रममा वैलाएर झर्दै रैछ
यही भुलमा हिजो पनि मैले खुशी मनाएथेँ
कोइलीको कुहुकुहु बिरहको धुन रैछ
यसैलाई हृदयको मैले गीत बनाएथेँ
हाँस्ने क्रममा हिजोसम्म दाँतहरू देखाएथेँ
जीवन बाँच्नेहरू मध्ये आफ्नो नाम लेखाएथेँ
ब्यर्थै फूल सम्झी मैले काँडाहरू सजाएथेँ !