Skip to content

नडराऊ कलमसँग


नडराऊ कलमसँग डराउ बरु तरवारसँग
केही हुन्न घाँटी रेट्ने जाबो गजलकारसँग

सत्य लेखी भेद खोल्छौ भन्नेले याँ भने पनि
नलेखेको इतिहास छ वंशनासको दरवारसँग

सागर हो साहित्य त थोपा छोई बुझिन्न यार
बुझी पार गर्नु तर नजिस्किनु मझधारसँग

हिजो थेन आज छैन भोलि विकास के होला खै
कस्तो आशा राख्ने अँझै देश हाँक्ने गद्दारसँग

सके बन्नु देवकोटा वा, मोतीराम जस्तो आफू
टक्कर गर्नु ब्यर्थै किन गजल लेखी दुई-चारसँग

बुद्धि मोक्तान

1 thought on “नडराऊ कलमसँग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *