Skip to content

मलाई घात गर्यौ आज


तिम्रो चोखो पिरतीले साथ दिने गर्थ्यो मलाई
तिम्रै मिठा भावनाले उर्जा थप्ने गर्थ्यो मलाई
सँङै पिउ, सँङै जीउ भावनाको उर्जा भर्दै
लड्खडाउदा नाजुक यो मन गन्तब्यमा लग्थ्यौ मलाई

मलाई त्यगी पराइको अङगालोमा सर्यौ आज
बिश्वासमा धोखा धडी मलाई घात गर्यौ आज
छोडी माया जङ्घारमा एक्लै नदी तर्यी आज
मेरा सारा खुशी जलाई नयाँ दियो बाल्यौ आज

ब्यग्र भयो मन मेरो उमङग र आशा टुटे
मुटु भयो छिया-छिया गुलाफबाट रङग उडे
सम्झनाका धागा अनि चाहनाका माला टुटे
बलुवाको महल भयो, बेसहारा बनाई लुटे

जूनेलीको शितल ठान्यौ, नबिन प्रेम रोजाइ तिम्रो
फूलको रङग जुनको हासो, बगैचाको सुवासको
रातो रङग छिर्के मिर्के बसन्तको पालुवाको
लाख लाख बधाई तिमीलाई मखमली जिन्दगीको

First published : 2013-05-01 21:35:03 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *