यी सयपत्री
यी बेली
सम्झना दसैको ।
मन्दिर घर
पूजा र आजा
सम्झना दसैको ।
ती नरनारी
रोकेर भारी
मेला र पातमा,
त्यो लिङेपिङ्
झुलेको देख्छु
डाँडा र पाखामा ।
माल्शिरी भाखा
रहरका माया
गुन्जेछ बारीमा ।
मग्मगाई सारा
दसैंमा प्यारा
चाहना रोपेका,
ती बुडी आमा तिर्खाई आँखा
बाटामा ढुकेका ।
मिलेर साथी रमाइला कुरा
छातीमा लुकेका
फुकाई बडछन, मायालु रोज्छन
नयन छडके का
