Skip to content

त्यस्तै हुन्छ औंसीको रात पाएपछि


बल्ल मलाई बूझिन् उन्ले घात पाएपछि
फलानोको उराठलाग्दो साथ पाएपछि

तिम्ले गर्ने मायामा जादु थियो भन्दै
फर्की आइन् ढिस्कानोको लात पाएपछि

स्याउ-सुन्ताला रोजाएको याद आयो होला
बिहान बेलुकै कालो-कालो भात पाएपछि

दिनभरि टन्न जाँड घ्याम्पै सक्छ अरे
के गर्नु त त्यस्तै त्यस्तै जात पाएपछि

किन धेरै रुन्छौ अब आसु पुछ आँफै
त्यस्तै हुन्छ औंसीको त्यो रात पाएपछि

नलाङ, धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *