Skip to content


भोका पेटले खान पाउन अनि दशैं मनाउला म
एक सरो लुगा लाउन अनि दशैं मनाउला म

पढ्न पाइन भन्दै रुन्थे भाँडा माझ्दै होटलमा
ती बालाखा स्कुल जाउन अनि दशैं मनाउला म

दशैं हो कि दसा भन्दै निधार छाम्ने गरिवले
दशैं आयो भन्दै गाउन अनि दशैं मनाउला म

सोझा साझा नेपालीले अन्यायमा न्याय माग्दै
बोल्न पाउने दिन आउन अनि दशैं मनाउला म

नउध्रिउन ती गाउँलेका अभावका छानाहरू
उध्रिएका भए छाउन अनि दशैं मनाउला म

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल-साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *