Skip to content


देशको सेवाबाट बन्चित भएर
प्रवासमा जानेहरू !
आफ्नो रोजी रोटीको लागि, जान त गयौ;
तर नबिर्स सम्झ अनि,
जसमा धेरै त कहाँ हो र !
सधैं मन्त्र जप, नेपाल ! नेपाल ! अनि नेपाल !
नेपाल राष्ट्र सम्झ, अनि सम्झ, नेपाली भाषा
सम्झ आफ्नै माता पितालाई
अनि, सम्झ आफैलाई
तिमी मान्छे, अनि मान्छे हुनको अर्थलाई सम्झ

दुनियाँको आँखामा तिमी
साँच्चैको मानव भएर सोच,
देश, विदेश, अनि आफ्नो देशकोमाटो
सक्छौ भने लैजाऊ, बोकेर एक मुठी माटो यहाँको,
हो त्यहाँ त सिमेन्टको धर्ती छ ।
त्यही धर्तीमा डलर फल्छ,

आँट छ भने, देखाऊ यहाँ पनि डलर फलाएर
माटो उर्वर छ, श्रम गरेर हेर त !
हामी गरिब छौं, तर होइन
गरिब त ती छन्, जसले हामीलाई नोकर बनायो
अनि जोत्यो, जोत्यो बुढो गोरु सरि
पेल्यो अनि निकाल्यो सबै तेल जति
तै पनि, छाडेन पिनालाई
पसारो पर्दासम्म पनि छाड्दैन
अब त, तेल निकालेको पिना
खै त ! ती दयालु दाता
बुढेसकालमा खुइय गर्दै
अपमान साथ फर्किन्दा
खै त नेपालीपन ?

२०६९।१० १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *