Skip to content

गल्ती अरुको


गल्ती अरुको, दोष छ उसको !
सारा बेहोसी, होस् छ उसको !

बुबा आमाको कुलंघार सन्तान
निर्बाध डुल्छ, पोष छ उसको !

रोग भोकमा छट्पटाइरहेछन्
सकी नसक्नु, कोष छ उसको !

पीडामा रुमल्लिने अधिक छन्
जीवनभर सधै, तोष छ उसको !

अनाहकमा बुझाउन खोज्दथे म
मौनता टुट्यो, जोस् छ उसको !

Leave a Reply

Your email address will not be published. Required fields are marked *