धेरै पछि हाँसी हाँसी बोलेको दिन याद आयो ।
ढुक्कसँग मनका कुरा खोलेको दिन याद आयो ।
फैलिरह्यो चारैतिर तिम्रो अनि मेरो मुस्कान
जीवन रसमा खुसी मात्रै घोलेको दिन याद आयो ।
सम्झिरह्यौं माछा पानी तिम्रो मेरो जिन्दगानी
एकत्वको भावका गोडा मोलेको दिन याद आयो ।
समय चरी उडिरन्छ कहाँ कहाँ कसले जानोस्
छुट्टिने त्यो क्षणमा यो मन पोलेको दिन याद आयो ।
