किन हेप्छौ तिमी दलित भन्दै
अछुत यो दैव रचित भन्दै
तिम्रा र उनका देव हुन एकै
दल्दैछौ तिमी पतित भन्दै
जातीय कथन बनयो कसले
नचेप अब कथित भन्दै
शिक्षा बन्चित नगर कसैलाई
नहेप अँझै अपठित भन्दै
बुझेर आऊ र समाज बनाऊ
कुकर्म त्याग अहित भन्दै
– प्रकाश अर्याल
नलङ बैरेनी धादिङ
चुकुप्रकाश को अन्य गजल पढ्नको लागि :-
http://chukuprakash.blogspot.com/
