Skip to content

आज यौटा प्रश्न सोध्यौ उत्तर दिन सकिन
अचेत भको मन आँफै सम्हालिन सकिन

सधैं उन्लाई माया दिन्थे अर्ती बुद्धी दिन्थे
निर्जिव एउटा उत्तर दिन किन सकिन

तिम्रो आसु मैले पुछ्थे ,मेरो तिम्ले पुछ्थ्योउ
नबहाउन आसु आज एक छिन सकिन

जन्मेपछी मर्नै पर्छ, बाँचुन्जेल सुखी हुनु
अल्बिदा अल्बिदा, मैले यहाँ जिन सकिन

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *