जब एक्लो भौतारिरहेथें, म रातको अँधेरीमा
तब आवाज सुने मैले, मेरो घरछेऊको पँधेरीमा
काली, माईली अनि ठुलेको छोरी चम्कौली
गन्थन गर्दै थिए गजल लेखौ भनी मझेरीमा
नराम्रो पो हुने हो कि,खिल्ली पो उडाउने हो कि
डरमान्दै भन्दै थिए, नपठाउभो मझेरीको कचेरीमा
सुने गजलको नाम अनि सोचे लेख्छु बरु हुन्छु मै बद्नाम
लेखे दूख,पीडा सम्झी रोय, आसुले भिज्यो धर्ती खडेरीमा
पहिलो सौगात गजल लेखे, माफ गर्नुस् बिग्रिएमा
त्यति जान्ने सुन्ने होइन, गजल लेख्ने मझेरीमा!
निजाम आनाह
हाल साउदी अरब दमाम