अलिकति दुखमा नि, रुन खोज्छ मान्छे
सुख देख्नेबित्तिकै आकाश, छुन खोज्छ मान्छे
कोही प्यासले आकुल ब्याकुल, भएको देख्दा पनि
आफ्नै सूरले आफ्नो लुगा, धुन खोज्छ मान्छे
घरमा छाक टार्नलाई, धौ धौ हुँदा पनि
समाजलाई देखाउन, सुन खोज्छ मान्छे
एक दिन सबले मर्नु नै छ, भन्ने थाहा छ नि
तर पनि खुनको बदला, खुन खोज्छ मान्छे

शब्दलाइ न्याय मिलोस
सर्जकलाइ सानो अनुरोध : एकदिन सब्ले ….. कृपया यस शब्दलाई ( सब्ले ) सच्याए उचित हुने थियो । एकदिन सबैले लेख्दा शब्दलाई न्याय मिल्ने थियो कि !
धन्यवाद हरिजी, सच्याइएको छ ।
धन्यवाद हरिजी, सच्याइएको छ ।