भो अब सक्दिन म, तिम्रो झुटो माया झेल्न
छुरा रोपी मुटु भित्र, पिरती को खेल खेल्न
हो मेरो चोखो मन, साम होइन दोबाटोको
चाहन्न म यस्तै , जता ततै रेल्न
तिम्लाई मैले जुन सम्झे,तर तिमि रैछौ घाम
अब घामलाई सक्दिन म, हातको हत्केलाले छेल्न
यो मायालाई छाडी तिमि, गैसकेछौ टाढा
म पागल यो मायालाइ,यक्लै खोजिरहेथें ठेल्न
आज मलाई तिम्ले कस्तो, मरी हत्ते पारेउ
न त यहाँ निल्न सक्छु, न त ओ केल्न
कुन भावीले लेख्या रैछ, यो अभागी कर्म
मलाई मार्त्र पर्छ सर , दुख कस्ट झेल्न
निजाम आनाह
