Skip to content

चोखो माया पाउछु भनी


चोखो माया पाउछु भनी, झुटो जालमा पर्नेहरू
उजाड जीवन छाउछु भनी, तड्पी तड्पी मर्नेहरू

भविष्यको उज्जल बाटो, खान्छु भन्ने आशा दिलाई
पर्खी बस आउछु भनी, सात समुद्र तर्नेहरू

तिमीनै हौ सारा जीवन, यो धड्किने मेरो धड्कन
शिरमा सिन्दुर लाउछु भनी, अधुरा बाचा गर्नेहरू

बाँच्ने हास्ने एकै साथमा मृत्यु भए तिम्रो काखमा
तिम्रै पछि धाउछु भनी, पर पर सर्नेहरू

तिम्रो दुख अनि पीडा, सम्झिएर मैले आफ्नो
सुखै-सुख बनाउछु भनी, आँसु बनी झर्नेहरू

निजाम
तनहुँ बाँके पसल
हाल : साउदी अरब
जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *