Skip to content

पसिनाले मुछेर बालुवालाइ माटो बनाउदै थियो


पसिनाले मुछेर बालुवालाई माटो बनाउदै थियो
एउटा नेपाली खाडी मुलुकमा बाटो बनाउदै थियो

जरुरतको बाटो मजबुरी, आवस्यकताको बाटो
पिनेर कस्ट आफूलाई जातो बनाउदै थियो

आकाशले सूर्यलाई रातो बनाउदै थियो
धर्तीले जमिनलाई तातो बनाउदै थियो

तर पनि ऊ खन्छु भनी खन्दै थियो
बनाउनेछु भविष्यमा सुखी संसार भन्दै थियो

फट्कारिएर आफैमा एउटा बाटो बनाउदै थियो
जोतिएर गोर्खे विदेशको बाटो बनाउदै थियो

निजाम आनाह
तनहुँ सम्जुर बाँके पसल
हाल साउदी अरब
जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *