Skip to content

चोखो माया त मैले दिएकै थिए

प्रियसीको बिछोड मा नि, रमाई रमाई त मैले बाचेकै थिए
मुटु भित्र चोट लुकाई, बाहिरी हासो त मैले हासेकै थिए

तिम्रो गालिलाई ताली सम्झी, मन त मैले बुझाकै थिए
मेरो गल्ति नभाएनि अगाडी तिम्रो, सिर त मैले झुकाकै थिए

सात जन्मसम्म तिम्रैहु भन्ने, तिम्रो बाचा त मैले पाएकै थिए
अर्को जुनी म पाउछु पाउदिन , यो जन्ममा त मैले पर्खेकै थिए

दिनत अरु केनै थियो र,चोखो माया त मैले दिएकै थिए
अमृत खिलाई तिम्लाई , बिख त मैले पिएकै थिए

तिम्लाई कुनै गारो पर्दा, तिम्रो दुखमा त मैले रोएकै थिए
तिम्ले खुसि पाउछौ भनि ,संसार पनि त मैले छोडेकै थिए

निजाम आनाह
तनहुँ सम्जुर बाँके पसल
हाल साउदी अरब
जुबेल जंगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *